Wednesday, November 04, 2020

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण


सानुमैयाँ श्रेष्ठ
सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम


विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेको छ । यहि बेला नेपालमा २०७२ सालको विनाशकारी भूकम्प पछिको पुनर्निर्माण अभियान अन्तिम चरणमा प्रवेश गर्दै गरेको अवस्था थियो । भूकम्पका कारणा अति प्रभावित १४ जिल्ला मध्येको एक हो दोलखा । यस जिल्लाको भिमेश्वर नगरपालिकाको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको अवस्था छ । कोरोना कारण सामान्य जीवन अप्ठेरोमा पर्दै गर्दा र नेपालमा लकडाउन सुरू हुँदै गर्दा भिमेश्वर नगरपालिकाको ग्रामिण क्षेत्रको पुनर्निर्माण लगभग सम्पन्न हुने क्रममा थियो भने वडा नं २ को सम्पदा बस्ती र वडा नं ४ को एकिकृत बस्तीमा भने पुनर्निर्माणको काम भर्खरै शुरु हुने क्रममा थियो ।

लाभग्राहिहरु पुनर्निर्माणको लागि निर्माण सामागीको ब्यवस्थापनमा र घर बनाउने कामदारहरुको खोजीमा लागिरहेको थियो । यस्तैमा नेपालमा पनि  कोविड १९ को प्रभाव देखिन थाले पछि नेपाल सरकारले माहामारी फैलिन नदिन देश भर लकडाउनको घोषणा गरेको थियो । देशमा लकडाउन भए पछि भिमेश्वर नगरपालिकाको पुनर्निर्माणमा पनि असर ग¥यो । निर्माण कार्य गर्न निर्माण सामाग्रीको आपुर्तिमा असहज बातावरण सृजना भयो भने डकर्मीहरु पनि सहजै उपलब्ध हुन सकेन । 

असहज पसरस्थितिको बावजुत पनि सम्पदा बस्तीमा २२ वटा घरको पुनर्निर्माणको काम सुरु भएको र लकडाउन अगाडिदेखि बन्दै गरेको घरहरु पनि बन्दै थिए भने जिलु एकिकृत बस्तीमा ५० वटा घरको पुनर्निर्माण सुरु भएको थियो । यस समयमा घर निर्माण कार्य शुरु गर्नु भनेको चुनौतिको विषय थियो किनकि एकातिर निर्माण सामग्रीको सहज उपलब्धता  र तालिम प्राप्त डकर्मीको उपलब्धता थिएन भने अर्कोतिर प्राविधिक साहयताको लागि पनि अप्ठेरो अवस्था थियो । यस्तो परिस्थितिको बावजुत पनि घरधनीहरुले तालिम प्राप्त डकर्मीको खोजी गरेर घर निर्माण सुरु गरे भने अप्ठयारो परिस्थितिमा प्राविधिकसँग डकर्मी तथा घरधनीहरुले फोन मार्फत सम्पर्क गरी प्राविधिक साहयता लिन थाले । 

द्वाल्खा सम्पदा बस्ती भित्र बनेका घरहरुमा सबै घरहरुमा तालिम प्राप्त डकर्मीहरुको संलग्नता थियो भने घर बनाउने क्रममा अन्यौल सृजना भएको खण्डमा बलियो घरको प्राविधिक सहायता टिममा सम्पर्क  गर्ने गरेको थियो । लकडाउनको समयमा पनि सम्पदा क्षेत्र भित्र नयाँ बनेका घर र पहिले नै सुरु भएका घरहरुमा सम्पदा बस्तीको मापदण्ड अनुसार काम भइरहेको छ । यसको उदारणको रुपमा सम्पदा बस्ती भित्र बनेका र बन्दै गरेका घरहरुलाई लिन सकिन्छ । भीमनारायण श्रेष्ठको घर तालिम प्राप्त डकर्मीले बनाएको हो । उनको घरको लेआउट गर्दा गर्दै लकडाउन सुरु भयो तर घर निर्माण गर्ने क्रम भने जारी नै भयो । “एनसेट बलियो घरको सल्लाह सुझाब अनुसार फोन सम्पर्क गर्दै घर सम्पदा बस्तीको मापदण्ड अनुसार बनाउने कोसिस गरेर घर सम्पन्न गरिदियौँ” घर बनाउने तालिम प्राप्त ठेकेदार तथा डकर्मी कुमार श्रेष्ठले सुनाए । यस्तै यज्ञ बहादुर प्रधानको घर पनि लकडाउन समयमा नै शुरु भएको हो उनका अनुसार निर्माण सामग्री ढुवानीमा अलि असहजता भएपनि काम गर्ने डकर्मी तालिम प्राप्त लगाएकोले बलियो घरको प्राविधिक टोलीसँग फोन सम्पर्क गर्दै बनाएकोले प्राविधिक हिसाबले बलियो नै बनेको छ ।

यसै गरी जिलु एकिकृत बस्तीमा पनि लकडाउनको अवधिमा नै घरहरुको पुनर्निर्माण सुरु भएको हो । यस बस्तीमा घर निर्माण गर्न वडा नं २ को दिलढुङ्गादेखि तालिम प्राप्त डकर्मी रबिन गोलेको समुह सहभागी भएका थिए । उनी घर बनाउने क्रममा आफुले जानेको कुराहरु अरुहरुलाई सिकाउने गरेको र अस्पस्ट भएको बेलामा बलियो घरको प्राविधिकहरुसँग सम्पर्क गर्ने गरेको बताउँछन् । तालिम प्राप्त डकर्मी मान बहादुर तमाङ्ग पनि जिलु एकिकृत बस्तीमा घरहरु बनाउन  ब्यस्त छन् । उनले मात्र ३ वटा घरको जिम्मा लिएका छन् । एउटा सम्पन्न गरेर जिम्मा लगाई सके अरु २ वटा सम्पन हुने क्रममा छन् । उनले भने, “आफुले तालिममा सिके अनुसारको विधि पद्दति अनुसार भूकम्प प्रतिरोधी घर निर्माण गरेको छु । यसमा घर धनि पनि खुशी छन् ।”


 









No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...