Wednesday, July 11, 2018

टाँडीका तिर्थ वहादुर केसीले पुनर्निर्माणमा खेलेको भूमिका र उनको जीवनस्तरमा आएको सुधार

बलियो घर मोबाइल टोली
भीमेश्वर, दोलखा

दोलखा जिल्ला भीमेश्वरनगरपालिका वडा नं.११, टाँडी टोलमा स्थायी बसोबास गर्दै आइरहेका तिर्थ वहादुर के.सी पेशाले डकर्मी हुन् । ३ छोरी र १ छोराका बुवा तिर्थ वहादुरको आम्दानीको स्रोत दिनभरीको काम नै हो । नेपाली जनताको मानसिकता नै परिवर्तन गर्ने गरी आएको विनाशकारी गोर्खा भुकम्पले खर्बौको सम्पत्तिको क्षति भयो र हजारौं नेपालीले ज्यान गुमाउनु प¥यो । २०७२ वैशाख १२ र २९ मा गएको गोरखा भुकम्पले भीमेश्वरनगरपालिका वडा नं.११ टाँडी वसोवास गर्ने तिर्थ वहादुर के.सी.को घरलाई पनि माटोमा मिलाई दियो ।

तिर्थ वहादुर के.सी. भन्छन्, गोरखा भुकम्पले मेरो स्थायी रुपमा वसोवास गर्दै आएको घरमात्र भत्काएन मेरो परिवारले वोकेका प्रगतीका सपनाहरु पनि भत्कायो । के.सीले डकर्मी पेशा विगत १७ वर्ष देखि गर्दै आएको बताउँछन् । उनले यो सिप निर्माणको कार्यमा श्रमिक भएर गर्दै जादा सिकिएको र सोही पेशा वाट प्राप्त पारिश्रमिक बाट जिविको पार्जन गर्दै आएका हुन । डकर्मी काम परम्परागत तवरले गर्दै आएको वताउने तिर्थ वहादुर भन्छन, "काम नियमित नमिल्ने, आफुमा निर्माण कार्य सम्बन्धी पुर्ण ज्ञानको अभाव र न्यून पारिश्रमिक को कारणले जिविका चलाउन नै गाह्रो हुने गरेको अवस्था थियो ।"

विनासकारी गोर्खा भुकम्प ले निम्ताएका कहाली लाग्दा दिन पश्चात भुकम्प वाट सुरक्षित पुर्ननिर्माण को राष्ट्रिय अभियान संचालन भयो । जस्ले म जस्तो लाखौं भुकम्प पिडितहरुलाई सहज जिवन यापन गर्न आशाको किरण जगायो । सुरक्षित पूर्ननिर्माण कै सेरोफेरोमा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल द्धारा संचालित वलियो घर कार्यक्रमले दोलखा जिल्लामा डकर्मी लाई तालिम दिने, सुरक्षित पुर्ननिर्माण र जोखिम न्युनिकरण सम्बन्धी जनचेतना जगाउने, भुकम्पप्रतिरोधी नमुना घर तथा कार्यगत तालिम संचालन र घरधनीहरुलाई प्राविधिक सहायता दिने कार्य गर्दै आईरहेको कुरा रेडियो वाट प्रसारण हुदैं आईरहेको थियो । सोही क्रममा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालद्धारा संचालित वलियो घर कार्यक्रमले भिमेश्वर नगरपालिका वडा नं.११ स्थित कुप्रि निम्न माध्यमिक विद्यालयमा संचालन भएको ७ दिने ग्रामिण डकर्मी तालिम मा छनौट हुँदै सहभागी हुने मौका पाए र आफुले गर्दै आएको डकर्मी सम्बन्धी थप प्राविधिक सिप अभिवृद्धि गरे र आफुलाई पहिलेको भन्दा सवल, सक्षम र सफल डकर्मी भएको महसुस गरे ।
सुरक्षित पूनर्निर्माणमा भुमिका र जीवनस्तरमा आएको सुधार : डकर्मी तिर्थ वहादुरकै शब्दमा..
"स्थानीय पूनर्निर्माणमा डकर्मीको हैसियतले पुर्ण जिम्मेवारी बहन गर्दै खटिएको छु र आफुले सिकेका कुराहरुलाई कार्यान्वयन गर्ने कोसिस गर्दै आइरहेको छु र समुदाय वाट पनि निकै प्रेरणा पाईरहेको छु । यसो भन्दै गर्दा म के पनि भन्न खोजिरहेको छु कि हिजोको तिर्थ वहादुर र आजको तिर्थ वहादुरमा निकै फरक पाइरहेको छु । पहिला म निर्माण कार्य गर्थे तर म खुशी थिएन भनिन्छ अल्प विद्या प्राण घातक ठिक त्यसै प्रकार ममा अपुर्ण ज्ञान थियो म परम्परागत सिपले निर्माण को कार्य गर्थे समुदायको म प्रति विश्वास थिएन र पनि जिविका चलाउन थ्यो काम गर्थे तर आज गाउँका मान्छे घरमै आएर वोलाउने र घर निर्माण का सम्बन्धमा सल्लाह माग्ने र मैले आवश्यक सल्लाह दिने गरेको देख्दा आफ्नो पेशा प्रती हौसला जागेर आउँछ ।

सुरक्षित पूनर्निर्माणको राष्ट्रिय अभियान मा मैले आफ्नो स्थानियक्षेत्रमा ढुंगा माटो तथा इटासिमेन्टको गरेर ९५ वटा घरहरु निर्माण सम्पन्न गरेको छु । म संग अहिले ६ जना निर्माणकर्मि को समुह छ र हामी समुहगत रुपमा निर्माण कार्यगर्दै आईरहेका छौं । पहिलाको भन्दा मेरो जिवनस्तरमा सुधार भएको । नियमित निर्माण कार्य उपलब्ध भएको, स्थानिय नागरिक को म प्रतिको विश्वास र प्राप्त पारिश्रमिकको (दैनिक रु १०००) कारणले सहज र सफल रुपमा घरको सम्पुर्ण खर्च धानिरहेको छु ।

अन्तमा, म भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल द्धारा संचालित वलियो घर कार्यक्रम लाई कृतज्ञतापुर्ण धन्यवाद दिन चाहन्छु, किनकि मैले मेरो लक्ष्य निर्धारण गर्दा इच्छा लाई नै शिक्षा वनाउनु पर्छ भनेर डकर्मी पेशा रोजेको थिए जुन मेरो अपुर्ण ज्ञानको कारणले उक्त पेशामा दक्ष हुन सकिरहेको थिएन र मैले वलियो घर कार्यक्रम वाट ७ दिने ग्रामिण तालिम लिएर आफुलाई योग्य डकर्मी वनाउने सुनौलो अवसर पाए र आजको यस क्षेत्रको सुरक्षित पुनर्निमार्णमा सक्रियताका साथ लागीरहेको छु ।"

No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...