-रामकृष्ण शर्मा
दारी कपाल फुलेका छन्, ती दाँत केही फुक्लेका छन्
जीउ पुरै नुगेको छ, ८० बर्ष उक्लेका छन्
साथमा अाफ्नो कोही छैन, तै चुलो बलेकै छ
एक मूठी हाँसोमा उनको जीवन चलेकै छ ।।।
बोल्न सक्छन् तर स्पष्ट भाष्य छैन, उठ्न खोज्छन् तर शरीर ठाडो हुनै सक्दैन । नुगेको बाँस झै निहुरिएर उनी आगुन्तकलाई दुई हातले नमस्कार टक्रयाउँछन् र मुसुक्क हाँस्छन् । मध्ये बर्खाको समय उनको नवनिर्मित घरमा पुग्दा उनी आँगनमा यताउता गर्दै थिए । पाँच जना ज्यामीहरु उनको लागि शौचालय बनाइदिने काममा व्यस्त थिए । उनी आफ्नो कुरा अस्पष्ट भाषामा सुनाउँदै थिए र चोर औला देखाएर १ आउँछ भन्दै थिए । उनको कुरा बुझ्न सकिएन । छिमेकीहरुसँग कुरा बुझ्दा हाँसो रोक्न सकिदैनथ्यो ।
नुवाकोट जिल्ला शिवपुरी गाँउपालिकाको वडा नं ३ सिक्रे बस्ने ८१ बर्षीय लाटो तामाङसँग दोहोरो कुराकानी हुनै सकेन । उनी प्रश्न सोध्दा हाँस्थे मात्र, केही भन्थे तर नबुझिने गरी । धेरै अघि श्रीमति गुमाइसकेका लाटो तामाङ घरका एक्लो रहेछन् । भएको एउटो छोरो धन बहादुर तामाङ भारत गएको १५ बर्ष वितिसकेछ । २ नातीहरु र बुहारीलाई आफ्नो जिम्मा लगाएर भारत गएको छोरो अहिलेसम्म फर्किएको छैन । श्रीमान् गएको ६ बर्षसम्म बाटो कुर्दै बसेकी बुहारी रोजिना पनि थाकिछन् क्यारे, दुई छोरालाई ससुराको जिम्मा छोडेर अर्कैसँग हिँडिछन् । बाँकी रहेका दुई नाती हुर्कदै गएपछि अर्काको घरमा काम गर्दै हिँड्न थाले र अहिले कहाँ पुगे हजुरबुबा लाटो तामाङलाई पत्तो छैन । न टेक्ने हाँगो छ, न समाउने डाली छ । सहारा विहिन ती एक्लो प्राणी घरमा छन् तर घर खाली जस्तै छ । पेटमा भनेको बेला खाना पुग्दैन होला, डुल्न जानलाई शरीरले साथ दिँदैन होला । अलिकति बारी छ, कुटो कोदालो त्यहिँ गर्यो, खन्यो खोस्य्रो, बर्षभरिलाई खान पिउन त्यहि बारीले धानेको छ ।
धिपधिपे चलेको जीवनमा २०७२ साल बैसाख १२ गते अर्को बज्र प्रहार भयो । गोरखा भूकम्पले झरी र घामबाट उनलाई जोगाइराखेको छानो भुईँमा बजारिदियो । घर पुरै लड्यो, धन्न मान्छेलाई केही भएन । भूकम्प गएको ३ बर्षसम्म कतै च्यादर कतै काठले बारेको जस्ताको सानो टहरोमा बस्दा उनको मनले के सोँचेको थियो होला, त्यो उनी प्रष्ट बताउन सक्दैनन् । तर पनि उनको समीप पुग्ने जो कोहीले सहजै अनूभुति गर्न भने अवश्य सक्छ । छिमेकीहरुले तयार पारिदिएको छाप्रोमा बसिरहेका लाटो तामाङको दैनिकी चलिरहेकै थियो । अमेरिकी सहायता नियोग (USAID) को सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल (NSET) ले सञ्चालन गरेको बलियो घर कार्यक्रमले सुरक्षित पुनर्निर्माणको लागि सिक्रेमा अभिमुखिकरण तालिमहरु सञ्चालन गर्ने दौरानमा लाटो तामाङको प्रसंग उठ्यो । पुराना गाविसहरुको प्रत्येक वडामा कार्यगत तालिम अर्थात OJT मार्फत एउटा नमुना घर निर्माण गर्ने बलियो घर कार्यक्रमको योजना थियो । पहिले सिक्रे गाविसको वडा नं ४ मा एउटा घर बनाउनुपर्ने नै थियो । गाउँलेहरुबीच सरसल्लाह र जनप्रतिनिधीहरुको सहमतिमा लाटो तामाङकै घर छनौट गरियो । कार्यगत तालिम सञ्चालन गरी उनको घर पुनर्निर्माण गर्ने कुरा त भयो तर उनको आर्थिक अवस्थाले घर निर्माणको लागि चाहिने आवश्यक सामग्रीको जोहो गर्न समय लाग्यो । उनले सामग्रीको जोहो गर्न सक्ने अवस्थै रहेन । कार्यगत तालिममार्फत बलियो घर कार्यक्रमले ५० दिनसम्म घर निर्माणमा संग्लन हुने डकर्मी खर्च, मुख्य नाइके खर्च र सामग्री ढुवानीको लागि सानो रकम सहयोग मात्रै गर्न सक्थ्यो । निर्माण सामग्रीको व्यवस्थापन घरधनी आफैँले गर्नुपर्ने अवस्थामा लाटो तामाङले सो काम गर्न सक्ने सम्भावनै रहेन ।
बलियो घर कार्यक्रमको कार्यगत तालिमबाट निर्माण सम्पन्न भएको उनको घर
उनकै विषयमा वडास्तरीय अभिमुखिकरण भेलामा लामो छलफल चल्यो । ऋण दिएर सहयोग गर्ने मान्छे पनि कोही भेटिएन । यस्तो अवस्थामा बलियो घर कार्यक्रमकै निर्माण प्राविधिक तथा स्थानीय रोशन विकले २० हजार सहयोग गर्ने घोषणा गरे । त्यसपछि स्थानीय ज्ञानु तामाङ र रामबहादुर तामाङले २०, २० हजार सहयोग गर्ने भए । सरकारी अनुदानको ५० हजार घरधनी लाटोसँग थियो नै । दोस्रो किस्ता बापतको १ लाख ५० हजार प्राप्त नगर्दासम्मको लागि गाउँलेहरुले थप सहयोग गर्ने भए । अनि सुरु भयो, लाटो तामाङको नयाँ घर बन्ने क्रम । गाउँमा समन्वय गर्ने, घर निर्माणको लागि औजारहरु प्रदान गर्ने, नयाँ डकर्मीहरु खोज्ने, उनीहरुलाई ५० दिनसम्म सोही घरमा परिचालन गरेर तालिम दिने प्रबन्ध बलियो घर कार्यक्रमको सिक्रे मोबाइल टोलीले गर्यो ।
यो सबै तयारी गर्दा २०७४ सालको फागुन सुरु भइसकेको थियो । सोही महिनाको १० गतेबाट नमुना घर निर्माणको सुरुवात भयो र ५० दिन लगाएर डकर्मीहरुले लाटो तामाङको २ कोठे घर निर्माण सम्पन्न गरे । चिसो, गर्मी र बर्खाको भेलले आजित भइसकेका लाटोको मुहारमा कान्ति छायो । आफ्नो घर बनाउने क्रममा वृद्ध लाटोका पटपटी फुटेका हातले पञ्जा लगाएर गिट्टी पनि कुटे । सकि नसकि पानी पनि बोके, ज्यामीहरुलाई ढुंगा पनि पुर्याइदिए । नयाँ घर बन्दै छ भन्ने उमंगमा उनले आफ्नो बुढ्यौली विर्सिए ।
२ कोठे घर निर्माण सम्पन्न भइसक्दा नसक्दै सरकारी अनुदानको डेढ लाख पनि आयो र उनलाई सहयोग गर्ने व्यक्तिहरुलाई उनले पैसा फिर्ता गरिदिए । शौचालय बनेपछि मात्रै तेस्रो किस्ताको रकम १ लाख प्राप्त गर्ने भएकाले छिमेकीहरुले पैसा जुटाएर शौचालय बनाउन सुरु गरे । उनलाई कसैले सुनायो, अब शौचालय बनेपछि १ लाख आउँछ, ५०, ६० हजार तिरनतारण गर्दा सकिन्छ । बाँकी ४० हजारले जीवन निर्वाह गर्ने उनले योजना बनाएछन् क्यारे । उनको आँगनमा पुग्दा उनले चोर औला देखाएर १ आउँछ भन्ने गरेको त्यहि १ लाख रहेछ । आउने १ लाख सम्झेर उनी पुलकित भएको स्पष्टै झल्कन्थ्यो । उनले बताउन सक्दैनन् तर त्यसपछिको उनको योजना कम्ति सुखद छैन होला, त्यो सुखद क्षण उनको चाउरी परेको अनुहार गदगद् हुँदा स्पष्ट बुझिन्छ । उनको बाँकी जीवन त्यहि एक मूठी हाँसोले दर्शाउँछ ।
प्रशन्न मुद्रामा लाटो तामाङ

भूकम्पपछि ३ बर्ष लाटो तामाङ बसेको अस्थायी टहरा |

उत्साहलाग्दो कथा - भूकम्पले ओतवीहिन भएका एकजना एकल वृद्धलाई सुरक्षित ओतमुनि फर्कन सघाएर उनको मुहारमा मुस्कान ल्याउन लागिपर्ने सबैप्रति आभार!!!
ReplyDelete