Tuesday, May 08, 2018

पुनर्निर्माणमा जुट्दै महिला डकर्मी

राजेन्द्र भट्टराई, सामाजिक विकास अधिकृत
बलियो घर कार्यक्रम, दोलखा

वि.स. २०७२ बैशाख १२ मा गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भुकम्प र लगातारको परकम्पका कारण प्रभावित ३१ जिल्लाहरु मध्ये अति प्रभावित १४ जिल्लाहरु मध्येको दोलखाको उत्तरी भेग विगु र कालिञ्चोक गाँउपालिका पनि एक हो । बषौँ अघि परम्परागत शैलीमा निर्माण गरिएका भौतिक संरचनाहरुको विनाश पछि  हाल टड्कारो रुपमा रहेको सुरक्षित पुर्ननिर्माणकोे काममा यस भेगका स्थानिय घरधनी, डकर्मी तथा ठेकेदारहरु लागि परेको देख्न सकिन्छ । जसमा प्रतक्ष्य रुपमा सहभागी भई हालको पुर्ननिर्माणको काममा स्थानिय महिला डकर्मीहरुको पनि सहभागिता बढ्दै गएको छ । केही बर्ष अघि सम्म घरायसी घर धन्दा तथा बालवालिकाको स्याहार–सुसार जस्ता काममा व्यस्त भई श्रीमान्को परिश्रममा निर्भर हुने यहाँका महिलाहरु हाल चटारोको रुपमा रहेको पुनर्निर्माणको काममा पुरुष सगँसगँ तालिम लिई डकर्मी पेशाा अङ्गाल्दै आएको देख्न सकिन्छ ।

केही बर्षयता महिलाहरु निर्माण कार्यमा सहभागी भएता पनि निर्माण सामाग्रीहरु ओसार पसार गर्ने, माटो मुछ्ने लगायतका काममा मात्र सीमित थिए भने हाल गाउँ घरमै विभिन्न सरकारी तथा गैरसरकारी सङघ सस्थांले तालिमहरु सञ्चालन गर्न थालेपछि यहाँका महिलाको दैनिकी फेरिएको छ । सामाजिक, आथिक तथा शैक्षिक रुपमा पछि रहेको यस ठाउँका अधिकांश महिलाहरुको शैक्षिक अवश्था कमजोर रहेको छ । स्थानिय स्तरमै विभिन्न किसिमका डकर्मी तालिम सञ्चालन भएपछि यहाँका महिलाहरुमा रोजगारीको अवसरका साथै आयस्तरमा समेत बृद्धि भई बालबच्चाको पालन पोषण, पठन पाठन लगायतत दैनिक जिविकोपार्जन गर्न सहज बन्दै गरेको देख्न सकिन्छ ।

बिगु गाउँपलिका वडा नं.४, लादुककी लक्ष्मी ठकुरी एक उदाहरण हुन् । दुई बर्ष अघि देखि माटो मुछ्ने, ढुङ्गा बोक्ने जस्ता काममा मात्र काम गर्दै आएकी ३० बर्षिय लक्ष्मि बिगत् आठ महिना अघि ल्क्भ्त् बलियो घर कार्यक्रम द्धारा सञ्चालित सात दिवसीय डकर्मी तालिममा सहभागी हुनुभयो । उहाँ भन्नुहुन्छ “ पहिले पहिले आफु सगँ सिप थिएन माटो मुछ्ने, ढुङ्गा बोक्ने,गिटी कुट्ने जस्ता बलको काम बढी गरीन्थ्यो,ज्याला पनि कम हुन्थ्यो तर अहिले सात दिनको तालिमले मेरो जिवनमा परिवर्तन ल्याइदिएको छ । काम पनि प्रसस्तै पाइन्छ,पुरुष सगँसगैँ काम गर्छु,ज्याला पनि समान छ ।”

तीन जना छोरा छोरी र श्रीमान् सहित् ५ जानाका परिवार रहेको लक्ष्मिको घरमा श्रीमान् पनि डकर्मी नै काम गर्छन् । आर्थिक अवश्था कमजोर रहेको लक्ष्मिको अन्य आम्दानीको स्रोत छैन तर करिब आठ महिनाको अवधिमा झण्डै दुइ लाख कमाइ सकेकि छिन् । बिहान बेलुका घरायसी काम र दिउँसो गाँउघरमै घर बनाउन व्यस्त रहने लक्ष्मि तालिम पश्चिात् लादुक र बुलुङ्गमा गरी १५ वटा भुकम्प प्रतिरोधात्मक घर निर्माण गरिसकेकी छन् ।
 

लादुकमा घर निर्माण गर्दै लक्ष्मी ठकुरी

 अधिकांश थामी जाति रहेको आलम्पुका युवायुवतीहरुको दैनिकी ज्यलादारी काम नै हो । अन्य छिमेकी गाँउहरुमा जाने गरेका युवाहरु अहिले गाउँमै पुर्नर्माणको काममा व्यस्त रहेका छन् । पुरुष सँगसँगै महिलाहरुको पनि सहभागिता उत्तिकै पाउन सकिन्छ । गोरखा भुकम्प पछि अहिले सम्म कार्यगत तालिम र सात दिवसीय डकर्मी तालिमबाट २८ जनालाई बलियो घर कार्यक्रमले तालिम प्रदान गरिसकेको छ भने ११ जना कार्यगत तालिममा सहभागी भइरहेका छन् । त्यस्तै साबिक आलम्पु गाबिसको वडा नं. ७ कि २३ बर्षिय डम्बर कुमारी थामी डेड बर्षको छोरीका साथ  ५० दिने कार्यगत डकर्मी तालिममा सहभागी खुःसी देखिन्छिन् ।  उनी भन्छिन् “अरु घरायसी काम  सगँ सगैँ अरु ज्याला मजदुरी  गर्नु भन्दा सिप सिकेर गाँउमा डकर्मी पेशा गर्दा रोजगार पनि पाइने ज्याला पनि अन्य कामको भन्दा धेरै हुने”
आर्थिक रुपमा कमजोर रहेको डम्बर कुमारी को परिवारमा ५ जना रहेका  र अन्य  आम्दानी को स्रोत केही  छैन श्रीमान्को आम्दानीले मात्र घर व्यवहार चलाउन गाह्रो हुने हुदाँ सिकेको सीपले गाँउको पुर्ननिर्माणको काममा सहयोग गर्ने बताउँछिन् ।

आलम्पुमा ५० कार्यगत तालिममा सहभागी डेड बर्षिय छोरीका साथ डम्बर कुमारी

 

त्यस्तै बलियो घर कार्यक्रमको तालिम पश्चात् गाउँमा उदाहरणीय बनेकी साविक आलम्पु ५ कि १९ बर्षीय सुनिता थामी हुन् । दुई महिना अघि ५० दिने कार्यगत डकर्मी तालिम पुरा गरी गाँउमै भ्याइ नभ्याइ छिन् । गाँउमा एउटा घर बनाइ सकि अहिले आफ्नै घर बनाउन जुटेकी छिन् । गाँउमा पर्याप्त डकर्मीको अभाव तथा महङ्गो ज्यालादर आदी समस्याका सगँ सामना गर्दै सुनिता आफै नाइके डकर्मी बनेर केही ज्यामीको सहयोगमा आफ्नै घर निर्माण गर्दै छिन उनी भन्छिन् “सीप भए डकर्मी काम गर्न गा्रहो रहनेछ, ५० दिने तालिम अघि केही थाहा थिएन दिनहुँ घर धन्दामै समय बित्थ्यो तर यस ५० दिने तालिम पछि त रोजगार पनि पाएको छु  र बर्षै सम्म बस्ने आफ्नै घर पनि भुकम्प प्रतिरोधी बनाउने अवसर पाएको छु ।”

आलम्पुमा ५० कार्यगत तालिमको क्रममा सुनिता थामी प्रयोगात्मक कक्षामा सहभागी हुदैँ
अन्य छिमेकी गाँउहरुको तुलनामा तालिम प्राप्त डकर्मी कम रहेका साविकको लामिडाँडा गाबिसमा पनि महिलाहरुमा डकर्मी पेशाा प्रतिको आकर्षण बढ्दै गएको छ । गाउँमा अधिकांश युवाहरु वैदेशिक रोजगार तथा अन्य सरकारी सेवामा आबद्ध भएकाले पर्याप्त मात्रामा स्थानिय डकर्मीहरु छैनन् । भुकम्प गएको ३ बर्ष सम्म पनि अस्थाई टहरामा बस्नु पर्दा बालवालिका,बृद्ध,बृद्धा तथा अशक्त विरामीहरुमा विभिन्न रोगहरु देखा पर्ने भएकाले यहाँका स्थानिय महिलाहरु आफैँ घर बनाउन लागिपरेका छन् । केहि समय अघि सम्म  महिलाहरु डकर्मी पेशाामा सहभागी नभएता पनि हाल  यहाँका महिलाहरु डकर्मी पेशाा अङ्गाल्न थालेका छन् ।समय समयमा विभिन्न सङ्घ सस्थांले पुर्ननिर्माणमा केन्द्रित रहेर विभिन्न तालिम कार्यक्रहरु सञ्चालन गरेता पनि महिला डकर्मीहरु को सहभागीता कमै थियो तर पछिल्लो समयमा ल्क्भ्त् बलियो घर कार्यक्रले सञ्चालन गरेको ५० दिने कार्यगत डकर्मी तालिममा महिलाहरुको सहभागिता बढ्दैगएको छ । हाल सम्म यस सविकको लामिडाडाँ गाविसमा ५० दिने कार्यगत डकर्मी तालिमबाट १३ जना डकर्मीहरु उत्पादन भइसकेका छन् भने १६ जना महिलाहरु यस ५० दिने कार्यगत तालिममा सहभागी भई सीप आर्जन गरीरहेका छन् । सविकको वडा नं ९ स्थित करमथलीमा छ जनानै महिला डकर्मी बाट ५० दिनमा घर निर्माण गरी गाँउमै महिलाले पनि केही गर्न सक्छन् भन्ने सन्देश  दिएका छन् ।


लामिडाँडा स्थित करमथलीमा ५० दिने कार्यगत तालिमको क्रममा महिला डकर्मीहरु

त्यसैगरी हाल पुनर्निर्माणको अवस्थाले तिब्रता लिँदै आएको गाँउमध्ये सबिकको चिलखां पनि एक हो । भौगोलिक रुपले बिकट रहेको यस गाँउमा बर्षात्को समयमा निर्माण सामाग्राी ढुवानी गर्न असम्भव नै छ । बर्षात् सकिए सगैँ पुर्ननिर्माणको कामले गती लिएको यस गाउँमा पर्याप्त मात्रामा तालिम प्राप्त डकर्मीहरु छैनन्,भएका डकर्मीहरु पनि गाँउमा भन्दा शहरी क्षेत्रमा राम्रो ज्याला पाउने हुदाँ यहाँका युवाहरु शहर केन्द्रित रहेको पाउन सकिन्छ । तर समयमानै समयमै सुरक्षित पुर्ननिमार्ण लाइ पुर्णता दिन  तथा अस्थाई टहराको बासस्थान लाइ परिवर्तन गर्न यहाँका महिलाहरु लागि लागिपरेको देख्न सकिन्छ ।गाँउमा  दक्ष जनशक्ति को अभाब लाइ मध्यनजर गर्दै ल्क्भ्त् बलियो घर कार्यकम ले स्थानीय को सहकार्यमा सुरक्षित पुर्ननिमार्ण मा महिला सहभागिता आवश्यक ठान्दै ५० दिने कार्यगत डकर्मी तालिम मा महिला लाइ प्रोत्साहन गरि सहभागि गराइ अहिलेसम्म ११ जना नयाँ महिला डकर्मीहरु उत्पादन भइसकेका छन् । जसमध्ये १० जनाले अहिले घर बनाउदै हिडेका छन , साथै उनिहरmको रोजगारी तथा आम्दानिमा समेत  बृद्धि भएको छ । त्यस मध्येकी चिलंखा खार्तल निबासी डोमा शेर्पा ११ महिना अगाडी ५० दिने कार्यगत डकर्मी तालिम पछि आफु नै नाइके डकर्मी भएर आफ्नो घर बनाइ सकेकी छिन् र अहिले गाँउमा घर बनाउदै आएकी छिन  उनी भन्छिन् ।“पहिले बारि खन्दा,ढुङ्गा बोन्दा दिनकाो १५०र२०० मा काम गरिन्थ्यो अहिले पुरmष ले जति नै ७०० देखि १०० सम्म कमाउछु, आफ्नो घर पनि बलियो बनाए गाउका घर पनि बलियो बनाउदै छु अहिले खुसि छु गारो लगाउन, डण्डी बाध्न सबै आउछ, ७ वटा घर बनाइसके कतै घरधनि ले  जग  नखनि पुरानै गारो बाट लगाउन भन्दा नमान्दा अलि समस्या आउछ, तर पनि म आफुले जाने बुझको भन्छु , र बलियो घर का सर को साहयता लिएर बुझाउँछु ”।
 

चिलखांको खार्तल निवासी डोमा शेर्पाको अगुवाईमा भुकम्प प्रतिरोधी घर निर्माण हुँदै
कालिञ्चोक गाउँपालिका २ बाबरेमा  पनि महिला डकर्मीहरुको  पछिल्लो समययता पुर्ननिमार्णको अवश्था तिब्रता लिँदै आएको छ । साविकको वडा नं १,२,३र ४ मा बिशेषत थामी समुदायको बसोवास  रहेको र अन्य वडाहरुमा मिस्रित बसोबास  रहेको छ । अधिकाशं युवाहरु वैदेशिक रोजगारी र सरकारी पेशाामा आवद्ध भएकाले  यहाँको पुर्ननिर्माणमा आवश्यक जनशक्ति अभाव नै रहेको छ  । समयमानै पुनर्निर्माणको काम सम्पन्न गर्न चुनैतिको सामना गर्न यस गाँउका महिलाहरुको सहभागीता बढ्दै गएको छ । यस मध्ये साविकको वडा नं. ६ की डिकी थामी यस गाँउका उदाहरण पाज्ञ बनेका छन् ।
विहान बेलुका घरायसी काम र दिउँसो ५० दिने कार्यगत डकर्मी तालिममा सहभागी भै व्यस्त रहने डिकी तालिमपछि गाँउकै पुनर्निर्माणको काममा सहयोग गर्ने बताउछिन् ।


No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...