Tuesday, May 08, 2018

कार्यगत तालिमले दियो उर्जा, महिलाहरु भन्छन् : हामी पनि सक्छौँ

चिरञ्जीवि भुसाल
सामाजिक विकास अधिकृत
बलियो घर कार्यक्रम, दोलखा

भूकम्पीय दृष्टिकोणबाट सुरक्षित पुनर्निर्माणको पूर्णता पाउँदै गरेको चिलंखाको स्याँखु बस्ती
दोलखा जिल्लाको बिगु गाँउपालिका ५ तथा साबिक को चिलंखा गाविस हो, जहाँ गोर्खा भुकम्पबाट सबै घर पुर्ण रुपमा क्षतिग्रस्त भएका थिए । भुकम्प गएको १ बर्ष सम्म खासै घर बन्न सकेनन, यहाँ ८९२ घर बन्नुपर्ने थियो जब २०७३ मा बलियो घर कार्यकमले तालिम दियो तब मात्र घर बन्न सुरु भयो । अहिले सबै स्थानीय सुरक्षित पुनर्निर्माणमा जुटेका छन् अहिले निर्माणाधीन र निमार्ण सम्पन्न भइसकेका घर ६०० भन्दा माथीको हाराहारीमा पुगेको छ ।


यस टोलका सबै मानिस अहिले घर बनाउन व्यस्त छन । केहि समय पहिले पुरmषले मात्र डकर्मी काम गदै आएको देखिन्थ्यो भने महिलाहरु ज्यामी काम तथा ढुङगा बोक्ने गिट्टि कुट्ने, खेतिपाति र घरायसी काममा मात्रै व्यस्त देखिन्थे ।
समयमै सुरक्षित पुनर्निर्माणलाई पुर्णता दिन र दक्ष जनशक्तिको अभाब पुर्ति गर्न बलियो घर कार्यकमले स्थानीयसँको  सहकार्यमा सुरक्षित पुनर्निर्माणमा महिला सहभागिता आवश्यक ठान्दै ५० दिने कार्यगत तालिममा महिलालाई प्रोत्साहन गर्यो । परिणामस्वरुप अहिले ११ जना नयाँ महिला डकर्मीहरु उत्पादन भएका छन, जसमध्ये १० जनाले अहिले घर बनाउदै हिँडेका छन्, साथै उनिहरुको आम्दानीमा पनि बृद्धि भएको छ र उनिहरुबाट प्रभावित भइ अन्य महिला पनि डकर्मीको रुपमा काम गर्दै सुरक्षित पुनर्निर्माणमा लागेका छन् ।
चिलंखा खार्तल निवासी डोमा शेर्पा ११ महिनाअघि कार्यगत तालिममा सहभागि भएकी थिइन् । तालिमपश्चात उनले आफ्नो घर त निर्माण गरी सकिन् नै अहिले नाइके भएर गाउँका अन्य घरहरु पनि बनाउँदै हिँडेकी छन् । “पहिले बारी खन्दा, ढुङ्गा बोक्दा दिनको रु. १५०/२०० मा काम गरिन्थ्यो अहिले पुरmषले जति नै ७०० कमाउँछु, आफ्नो घर पनि बलियो बनाएँ, गाउँका घर पनि बलियो बनाउदै छु अहिले खुसी छु । गारो लगाउन, डण्डी बाँध्न सबै आउँछ, ७ वटा घर बनाइसके बलियो घरका सरहरुको सहायता लिएर घरधनीहरुलाई कुरा बुझाउँछु साथै आफैँ काम गर्दै गर्दा पनि नियमित परामर्श लिइराख्छु” डोमाले भनिन् ।
चिलंखा स्याँखु निबासी सुकमाया मगर पहिले खोलाबाट ढुङ्गा बोक्ने, गिट्टि कुटने, घाँस दाउरा मा ब्यस्त देखिन्थिन् तर अहिले ५० दिने डकर्मी तालिम लिएपछि उनि पुरmष संगै घरको गारो लगाउने काममा निकै ब्यस्त देखिन्छिन् साथै आम्दानीमा पनि बृद्धि भएको छ । “पहिले महिलाले घर बनाउन सक्दैनन्, कसैले त तिमीहरु तालिम लिएपनि गारो लगाउन के सक्छौ र ? पनि भन्थे तर तालिम लिएपछि घर बनाउँदै छौँ, ५ वटा घर त बनाइसके हाम्रो तालिमको नाइके डकर्मी लाल बहादुरले पनि संगै बोलाउनुहुन्छ संगै काम गर्न पनि सजिलो भएको छ । पहिले खोलाबाट मरि मरि ढुङ्गा बोक्दा दिनको ४०० बस्थ्यो, अहिले बिहान, दिउसो गरेर दिनको २ वटा घरमा काम गर्दा १००० बस्छ अहिले त हामी तालिम लिएकोले घर बनाउन लागेपछि महिलाले पनि सकिँदो रहेछ भनेर गाउँका अरु महिला दिदि बहिनीहरु पनि घर बनाउन सक्रिय हुनुभएको छ”, सुकुमायाले भनिन् ।


No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...