हृदयमान वि.क., सामाजिक विकास अधिकृत
बलियो घर, नीलकण्ठ नगरपालिका, धादिङ
नीलकण्ठ नगरपालिका वडा नं. १२, पनीचौर धादिङ निवासी श्रीकृष्ण खनाल एक कमजोर आर्थिक अवस्था भएका व्यक्ति हुन् । वि.सं. २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पले उनको घर पनि बस्न नमिल्ने गरि क्षति भयो । उक्त भुकम्प पछि उनी र उनको परिवार जस्ताले बारेको अस्थाइ आवास बनाएर बस्न थाले । वि.सं. २०७३ साल असोज महिनामा नेपाल सरकारले नीजि आवास निर्माणका लागि उपलब्ध गराएको अनुदानको पहिलो किस्ता बाफतको ५०,००० रुपैँया प्राप्त गरे । उक्त रकम लिइसकेपछि उनले भुकम्प प्रतिरोधी घर बनाउने विचार गरे । उनलाई बिम पिलरवाला आरसीसी घरमात्र बलियो हुन्छ भन्ने थाहा भएकोले त्यस्तै घर बनाउने निधो गरे । तर विम पिलरवाला आरसीसी घर बनाउनलाइ उनीसँग प्रयाप्त आर्थिक स्रोत थिएन तैपनि घर चाँही भुकम्प प्रतिरोधी नै बनाउनु थियो ।
त्यसैले उनले एक कोठाको मात्रै भएपनि विम पिलरवाला आरसीसी घर नै बनाउने योजना बनाए । अनि निर्माण परामर्शदाताकहाँ पुगेर एक कोठे विम पिलरवाला आरसीसी घरको नक्सा समेत बनाउन लगाए । नक्सा तयार भएपछि सोही अनुसार घरको जग खन्न पनि सुरु गरे ।
त्यहि समयमा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट अन्र्तगतको बलियो घर कार्यक्रमले धादिङबँेशीमा कम्पन मञ्च प्रदर्शनी ग¥यो । उक्त प्रदर्शनीमा श्रीकृष्ण खनाल पनि उपस्तिथ थिए । सोहि मौकामा उनले बलियो घर कार्यक्रम धादिङका प्राविधिकसँग आफ्नो घरको नक्सा देखाएर आफुले बनाउन थालेको घरलाई कसरी बलियो बनाउन सकिन्छ भनेर सल्लाह मागे ।
प्राविधिकले उनलाइ घरमै पुगेर परामर्श दिने बताउदै अर्को दिन उनकै घरमा पुगेर सल्लाह दिने जानकारी दिए । अर्कोदिन बलियो घर कार्यक्रमको घुम्ती टोली श्रीकृष्ण खनालको घरमा पुग्यो । उनको घडेरी र घरको नक्सा अवलोकन ग¥यो । नक्सा हेरिसकेपछि उक्त नक्साअनुसार चारवटा मात्र पिलर भएको एक कोठे विम पिलरवाला आरसीसी घर बनाउदा घर बलियो हुने सुनिश्चितता नभएकोले यस्तो घर नबनाउदा उपयुक्त हुने र यदि यस्तै घर बनाउने हो भने कम्तीमा नौ वटा पिलर राखेर बनाउन सल्लाह दियो । यस क्रममा श्रीकृष्ण खनालले यो भन्दा ठुलो विम पिलरवाला घर बनाउन आफुुसँग प्रयाप्त आर्थिक स्रोत नभएको कुरा व्यक्त गरे । त्यसो भए ढुंगा माटोको गारोवाला वा इँटा मसलाको गारोवाला घर बनाउन पनि सकिन्छ भनेर घुम्ती टोलीले परामर्श दियो । श्रीकृष्ण खनालले ढुंगामाटो वा इँटा मसलाको गारोवाला घर पनि भुकम्प थेग्ने हुन्छ र ? भनेर प्रश्न गरे । घुम्ती टोलीले भुकम्प प्रतिरोधी घर बनाउदा ध्यान दिनुपर्ने मुख्य मुख्य कुरालाई विचार पु¥याएर बनाउदा जस्तोसुकै घरलाइ पनि भुकम्प थेग्ने बनाउन सकिने जानकारी दियो । फेरी अर्को नक्सा बनाउनु पर्ने होला त भनेर श्रीकृष्ण खनालले जिज्ञासा राखे । घुम्ती टोलीले नगरपालिकामा सरकारले तयार गरेको १७ ओटा घरको नमुना रहेको र ती १७ ओटा नमुना मध्ये कुनै एक नमुनाअनुसार को घर बनाउदा नयाँ नक्सा बनाइरहन नपर्ने जानकारी दियो । त्यसो भए अब म यो एक कोठे विम पिलरवाला घर बनाउनु भन्दा त्यहि १७ ओटा नमुनाहरुमध्येबाट छानेर इटा मसलाको गारोवाला घर बनाउछु उनले आफ्नो योजना परिवर्तन गरे । उपयुक्त नमुना छानिसकेपछि घर बनाउन सुरु गर्दा घुम्ती टोलीलाइ बोलाएर परामर्श लिन सल्लाह दिँदै घुम्ती टोली फर्कियो ।
केहिदिन पछि श्रीकृष्ण खनाल नगरपालिकामा गएर आफुले विम पिलरवाला घर नभइ सरकारले तयार गरेको १७ ओटा नमुनामध्येको इँटा मसलाको गारोवाला घर बनाउने जानकारी दिए । त्यसपछि उनले १७ ओटै नमुनाहरु अवलोकन गरेर कुनै एक नमुनाअनुसारको भान्सा कोठा, सुत्ने कोठा, बैठक कोठा र पिँढी सहितको घर बनाउने निक्र्योल गरे । अनि त्यहि नमुनाअनुसारकै नक्सा पास गराए । पुरानो जगलाइ रद्द गरि नयाँ नक्सा अनुसारको जग तयार गरे र बलियो घर कार्यक्रमको घुम्ती टोलीलाइ आवश्यक परामर्शको लागि घरमा बोलाए । घुम्ती टोली उनको घरमा पुगेर भुकम्प प्रतिरोधी घर बनाउदा जगदेखि छानासम्म ध्यान दिनुपर्ने मुख्य मुख्य कुराहरुको बारेमा राम्ररी जानकारी गरायो । साथै तालिम प्राप्त डकर्मी लगाउदा उपयुक्त हुने सुझाव पनि दियो । त्यसपछि श्रीकृष्ण खनालले घुम्ती टोलीको सल्लाह अनुसार तालिम प्राप्त डकर्मीको सहभागितामा तीन फिट गहिरो जग खनेर जग बन्धन गरि सुर र झ्याल ढोकाको दाँया बाँया ठाडो डण्डी राखेर घर बनाउन सुरु गरे । त्यसै गरि झ्याल ढोका सुरबाट दुई फिट टाढा राख्नुका साथै ढोका मुनिको बन्धन, झ्याल मुुनिको बन्धन, कुना बन्धन, झ्याल ढोका माथीको बन्धन लगाएका सबै बन्धन राखेर घर निर्माण गरे । उक्त घर निर्माणको क्रममा घुम्ती टोली चार पटक उनको घरमा पुगेर आवश्यक परार्श दियो । अहिले उनको घर निर्माणको अन्तिम चरणमा पुगेको छ । पछिल्लो पटक घुम्ती टोली उनको घर पुग्दा उनी घर वरपर सरसफाई गर्नमा व्यस्त थिए । “पहिलेको नक्साअनुसार घर बनाएको भए एक कोठाको मात्रै बन्थ्यो र बलियो पनि नहुने रैछ, तर बलियो घर कार्यक्रमको सल्लाह अनुसार घर बनाउदा घर आवश्यकतानुसार तिन कोठाको हुनुका साथै बलियो पनि भयो ।” श्रीकृष्ण खनालले खुशी हुदै भने ।
यसरी आफ्नै तरिकाले तयार पारेको नक्सा समेत रद्द गरि बलियो घर कार्यक्रमको परामर्श र सल्लाहमा श्रीकृष्ण खनाल नयाँ नक्सा अनुसार आवश्यकता अनुसारको बलियो घर बनाउन सफल भएका छन् । समग्रमा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (ल्क्भ्त्) द्धारा संचालित बलियो घर कार्यक्रम मार्फत तालिम लिएका डकर्मीहरुको सहभागिता र घुम्ती टोलीको सुझाव तथा परामर्शमा कयौँ घरहरु मापदण्डअनुसार र भुकम्प प्रतिरोधी बनिरहेका छन् ।
A technical assistance program to ensure Safer Reconstruction aftermath Gorkha Earthquake 2015 in Nepal. Program is implemented by National Society for Earthquake Technology - Nepal (NSET) with support from USAID / Nepal
Subscribe to:
Post Comments (Atom)
कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण
सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...
-
सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...
-
Arbin Adhikari S.D.O. LRTC-Marpak April 18, 2019 Tipling village is one of the farthest settlement of Dhading district situ...
-
Ram Krishna Sharma Communication Officer, NSET-Baliyo Ghar Family of Shanti Bhujel Back to their Normal life after Gorkha Earthquake ...
No comments:
Post a Comment