समाजिक विकास अधिकृत
बलियो घर कार्यक्रम, मागापौवा, दोलखा
कार्तिक महिनाको मध्यतिरको समय, सधै झै घाम पनि पुर्वि भेगबाट बिस्तारै बिस्तारै माथी उठदै थियो । मौसमको कुरा गर्दा घाम चहकिलो नै लागेको भए पनि मागापौवाको चिसोले घामलाई जितेकै थियो जस्तो लाग्थ्यो । त्यसकारण पनि हाम्रो लागि घाम नै प्यारो लागेको अवस्था थियो । खानपिन गरि हामी शैलुङ गाउपलिका वार्ड नं. ४ को कार्यलय हुदै साबिकको मागापौवा वार्ड नं. ५ तिर लाग्यौ जहाँ जानुको एक मात्र उद्देश्य भनेको नै त्यस वार्डमा हामीले संञ्चालन गर्न लागेको ५० दिने कार्यगत तालिमको सन्दर्भमा घरधनीसँग कुराकानी गर्नु रहेको थियो ।
उमेरले भर्खर मात्र ४४ काटेका, मैलाधैला लुगामा सजिएका तथा शारिरीक रुपमा अपांग पेम्बा तमाङ लामा योञ्जन जो शारीरिक रुपमा अपांग थिए अर्थात उनको एक हात नै थिएन । उनले एक हात गुमाउनुको कारण उनि सानो भएको बेलामा गोरुले मारेर समयमानै प्रयाप्त उपचारको पहुचमा पुग्न नसक्नु रहेको कुरा उनको भनाइले पुष्टी पारेको थियो । परिवारको नाममा उनि, श्रीमति र आमा मात्र रहेको उनको परिवारले जेनतेन २ छाक टारेकै थियो । २०७२ वैशाख १२ को भुकम्पले ढालेको उनको घर तथा त्यहि भुकम्पले ध्वस्त बनाएको उनको आत्मविश्वास अझै पनि पूर्ण रुपमा शिखरमा पुग्न सकेको थिएन जुन कुरा उनको अझैसम्मको त्रिपालमुनीको बासले झल्काइरहेको थियो ।
उनको अवस्था बुझेपछि हामी हाम्रो कुरातिर लाग्यौ अर्थात हामी उनकोमा पुग्नुको चुरो कुरातिर लाग्यौ । वार्ड कार्यलयको सिफारिस अनुसार हामी उनको घरका पुगेको तथा हाम्रो प्रत्यक्ष रोहवरमा रहेर ५० दिने कार्यगत तालिम संञ्चालन गरि साविकको वार्ड नं. ५ मा बनाइने नमुना घरको लागि तपाई छनोट हुनुभएको र यस्को लागि तपाई इच्छुक हुनुहुन्छ कि छैन भन्दा सुरुमा त उनि के गर्ने के गर्ने अन्योलमा परे, पछि बिस्तारै हामीले सम्झाएपछि तथा वार्डमा नै प्रविधिक रुपले नमुना घर बन्ने हो यस्को लागि हामिले डकर्मि ज्यालाको रुपमा यति दिन्छौ तथा घर बनेपछि तपाईले सन्तुष्टिको अनुभुति गर्न सक्नुहुन्छ भन्ने जस्ता कुराहरु गरेपछि मात्र उनि त्यसमा इच्छुक देखिए । साथै आवश्यक ६ जना अदक्ष कामदारहरु खोजी जति सक्दो छिटो घर सुरु गर्ने सहमति गरि त्यो दिन हामी फर्कियौ । साथै त्यसको केहि दिनमा नै पुन उनले खोजेको ६ जना र हामीहरु बसी सम्झौता गरी काम सुरु गर्ने निर्णय गरियो ।
काम सुरु त गर्ने भनियो तर हामीमा अर्कौ डरले थियो, मुख्यत ति ६ जना आउने हुन कि होइनन्, आए भने पनि ५० दिनसम्म टिक्ने हुन कि होइनन, त्यसतै घरधनिको चिन्ता भने संस्थाले दिने भनेको पैसा समयमै दिने हो कि हैन, यत्रो दिनसम्म खाजा पो कसरी खुवाउने होला, ५० दिनमा घर त सकिन्छ नि लगायतका थिए । कुनै पनि काम सुरुवात गर्न कठिन हो, सुरु गरेपछि त्यस्ले गति लिन समय लाग्दैन भन्ने एउटा ज्वालन्त उदाहरण यो पनि एक हो । सुरुमा विभिन्न चिन्ता तथा अन्योलका माझमा पनि सुरु गरेपछिको त्यहाँको पारिवरिक माहोल, हाम्रो प्रत्येक दिनको उपस्थिति तथा सहभागिहरु प्रति गरिएको व्यवहारले सबैजना खुसीका साथ काममा संलग्न हुन थाले । बिचबिचमा विभिन्न कारणले काम रोकिएपनि काम हुदाको दिनमा सबै आउने र हामीले सिकाएअनुरुप नै सिक्न उद्धत भएको कारण उतm कार्यक्रम सहज रुपमा संचालन भयो ।
पेम्बा तमाङ लामा योञ्जन |
अन्योलतामा रुमलिरहेको सपनाले जब साच्चिकै वास्तविकतामा पुर्नजिवित पाउँछ तबको खुशीको व्याख्या गरि साध्य नै हुदैन अथवा भनौ त्यो खुशीको कुनै मुल्य हुदैन रहेछ जुन कुरा उनको व्यवहारबाट प्रष्टै देख्न सकिन्थ्यो ।
No comments:
Post a Comment